बेल्जियम, असोज ११ – नेपाली जनप्रगतिशील मोर्चा जर्मनीको नयाँ केन्द्रीय कार्यसमिति चयन भएको छ । मोर्चका संयोजक भक्त श्रेष्ठको अध्यक्ष्यतामा सम्पन्न भेलाले शेरबहादुर तोम्वापोको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन गरेको हो |
कार्यसमितिको उपाध्यक्षमा मोहन श्रेष्ठ , महासचिवमा सुवर्णबाबु सापकोटा, कोषाध्यक्षमा तेज कुमार नेपाली तथा सदस्यहरुमा रामदास श्रेष्ठ, माधव गैरे, प्रेम पुमा, विक्रम पैयाम्वु र धनबहादुर नेपाली रहनुभएको छ  । बैठकले गंगालाल श्रेष्ठ र भक्त श्रेष्ठलाई सल्लाहकारमा चयन गरेको छ ।
जर्मनीको मुन्स्टर शहरमा सम्पन्न भेलामा नेपाली जनप्रगतिशील मोर्चा युरोपका संयोजक विष्णु भुजेल, नेपाली जनजाती सरोकार मञ्च युरोपका संयोजक राम वहादुर गुरुङ्ग, नेपाली जनप्रगतिशील मोर्चा बेल्जियमका अध्यक्ष्य प्रेम पाठक, उपाध्यक्ष्य द्वय सोम नारायण थनेत र मेख तमु, मोर्चाका महासचिव कुल मगर, मोर्चाका सल्लाहाकार माकुना राई, नेपाली जनजाती सरोकार मञ्च, बेल्जिमयका अध्यक्ष्य वदन योङ्गहाङ्गको  उपस्तिथी थियो । कार्यसमितिको पहिलो बैठकले  संविधान जारी भएपछि भारतको प्रतिक्रियाको बिरोध गरेको छ ।

Post a Comment

 
Top