काठमाडौं, असोज १२ – भारतले नेपालमा गरेको अघोषित नाकाबन्दीको विरोधमा देशभर हिन्दी च्यानलको प्रशारण बन्द भएको छ । केबल टेलिभिजन सञ्चालकले मंगलबार बिहान १० बजेदेखि देशभर हिन्दी च्यानलको प्रशारण बन्द  भएको हो ।
सोमबार बसको नेपाल केबुल टेलिभिजन संघ र नेपाल केबुल टेलिभिजन एसोसिएसनको संयुक्त बैठकले भारतको नाकाबन्दीको विरोधमा हिन्दी च्यानलको प्रशारण बन्द गर्ने निर्णय गरेको हो ।
राष्ट्रिय स्वाधिनतामाथि गम्भीर हस्तक्षेप भएको निष्कर्ष निकाल्दै हिन्दी च्यानलको प्रशारण बन्द गर्ने निर्णय भएको नेपाल केबुल टेलिभिजन संघका अध्यक्ष सुधीर पराजुलीले बताउनुभयो । हिन्दी च्यानलको प्रशारण अनिश्चितकालका लागि बन्द गरिएको हो ।
चितवन, पोखरा र महेन्द्रनगरमा यसअघि नै हिन्दी च्यानलको प्रशारण बन्द भएको संघले जनाएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले पनि हिन्दी च्यानलको प्रशारण बन्द गर्न दबाब दिएको थियो ।

Post a Comment

 
Top