TheKingdomOfNepal.com: Gulmi District Map
TheKingdomOfNepal.com: Gulmi District Map
७ असोज, गुल्मी । गुल्मीमा बुधबार राति भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बीरबासमा लु १ ज १९७० नम्बरको जीप दुर्घटना हुँदा १० वर्षकी बालिका अष्मिता पल्लीको मृत्यु भएको श्रृङगा प्रहरीले जनाएको छ ।
त्यस्तै अर्घाखाँचीको हंसपुरमा नेपाल विद्युत प्राधिकरणको बा १ ञ १३५१ नम्बरकोे गाडी दुर्घटना हुँदा प्राधिकरणकै प्राविधिक जीवकान्त पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका पाण्डेलाई उपचारका लागि बुटवल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।
गुल्मीको पश्चिमी क्षेत्रका केही गाविसमा विद्युत बालेर र्फकने क्रममा गाडी दुर्घटनामा परेको थियो ।
पाण्डेको सन्धिखर्क जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि बुटवल पठाएको र बुटवल नजिकै पुग्दा मृत्यु भएको बिद्युत प्राधिकरणले जनाएको छ ।

 See more at: http://www.onlinekhabar.com

Post a Comment

 
Top