Shshil-Mahanta-Thakur५  भदौ, काठमाडौं । प्रधानमन्त्री सुशील कोइराला मंगलबार विहानै सुटुक्क तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालयमा प्रवेश गरे ।
तराई मधेसमा आन्दोलन गरिरहेको संयुक्त लाकेतान्त्रिक मधेसी मोर्चा वार्तामा नआइरहेका अवस्थामा प्रधानमन्त्री कोइराला गेटक्रस गर्दै तमलोपाको बिजुलीबजारस्थित केन्द्रीय कार्यालयमा पसेका हुन् । वन मन्त्री महेश आचार्यलाई लिएर पुगेका कोइरालाले तमलोपा अध्यक्ष महन्थ ठाकुरसहिथका नेताहरुसँग वार्ता गरेका छन् ।
भेटपछि वनमन्त्री आचार्यले मधेसी मोर्चालाई वार्तामा आउन आग्रह गरिएको बताए । उनले भने-धेरै माग संविधानमा सम्बोधन भएको छ । केही संविधान संशोधनबाट गर्न सकिन्छ । वार्तामा आउनुस् भनेका छौं ।’
भेटपछि तमलोपाका सहअध्यक्ष हृदयेश त्रिपाठीले कर्मकाण्डी तरिकाले वार्ता नहुने बताए । उनले भने-वार्ता कसरी गर्ने पहिले तीन दलले टुंगो लगाओस् ।’
मधेसमा अहिले सरकारले युद्ध घोषणा गरेको आरोप लगाउँदै उनले यतथास्थितिमा वार्ता हुन नसक्ने बताए ।
- See more at: http://www.onlinekhabar.com/

Post a Comment

 
Top