काठमाडौं, साउन ९ - नेपाल राष्ट्र बैंकले
वित्तीय स्थायित्व अभिवृद्धि गर्न अवलम्बन गरिएको गाभ्ने र गाभिने (मर्जर)
नीतिको कार्यान्वयनलाई थप प्रभावकारी बनाउने भएको छ ।
बैंक
तथाb वित्तीय संस्था एकापसमा ‘मर्जर’ सम्बन्धी विनियमावली, २०६८
कार्यान्वयनमा आएपछि बैंक तथा वित्तीय संस्था सबल बन्दै गएकाले त्यसलाई अझै
प्रभावकारी बनाउन लागेको हो ।
बैंक
तथा वित्तीय संस्थालाई एकापसमा गाभिन थप प्रोत्साहन गरिने र सबल र सक्षम
वित्तीय क्षेत्रको विकासका लागि पुँजी वृद्धि गर्ने नीति लिएको राष्ट्र
बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले बताउनुभयो ।
मर्जरको नीति कार्यान्वयनमा आएपछि बैंक
तथा वित्तीय संस्थाका सङ्ख्या कमी आएको छ तर शाखा विस्तारमा भने वृद्धि
हुँदै गएको छ । विसं २०७२ असार मसान्तसम्म ७८ वटा बैंक तथा वित्तीय
संस्थाहरू एकापसमा मर्ज भई ३० वटा संस्था बनेका छन् ।
आव ०७१/७२ मा एक वाणिज्य बैंक, १० विकास
बैंक र चार वित्तीय कम्पनी मर्ज भई एक वाणिज्य बैंक, चार विकास बैंक र एक
वित्त कम्पनीमा परिणत भएका छन् । त्यस्तै पाँचवटा ग्रामीण विकास बैंक मर्ज
भई बनेको नेपाल ग्रामीण विकास बैंक लिमिटेडले कारोबार सुरु गरेको छ ।
यस अवधिमा एउटा वाणिज्य बैंकले दुईवटा
वित्त कम्पनी र एक विकास बैंकले अर्को एक विकास बैंक प्राप्ति गरेको
राष्ट्र बैंकले उल्लेख गरेको छ । गत
जेठसम्म ‘क’ वर्गका ३०, ‘ख’ वर्गका ७९, ‘ग’ वर्गका ५० र ‘घ’ वर्गका ३६ गरी
कुल बैंक तथा वित्तीय संस्थाको सङ्ख्या १९५ सञ्चालनमा छन् ।
त्यसैगरी मौद्रिक नीतिले लघुवित्त
संस्थालाई एकापसमा गाभिन प्रोत्साहित गरेको छ । त्यसले गर्दा राष्ट्र
बैंकको नियमनमा रहेका सबै स्तरका बैंक तथा वित्तीय संस्थामा मर्जरको दबाब
परेको छ ।
बैंक तथा वित्तीय संस्थाहरू एकापसमा
गाभिने क्रम बढेका कारण यी संस्थाको सङ्ख्यामा केही कमी आए पनि शाखा
सञ्जाललगायत मोबाइल बैंकिङ एवम् शाखारहित बैंकिङजस्ता नयाँ सेवासमेत
विस्तार हुँदै गएकाले समग्र वित्तीय पहुँच अभिवृद्धिमा सघाउ पुगेको जनाएको छ
।
गत आवको चैत मसान्तमा शाखारहित बैंकिङ
काउन्टरको सङ्ख्या ५०१, मोबाइल बैंकिङ ग्राहकको सङ्ख्या नौ लाख १३ हजार तथा
कार्ड धारकको सङ्ख्या ४३ लाख ६० हजार पुगेको हालै सार्वजनिक मौद्रिक
नीतिमा उल्लेख छ ।
Post a Comment