डोटी, साउन ६ -  डोटी जिल्लाका बिभिन्न सरकारी कार्यालयका लागि बिनियोजित बजेटमध्ये ३९ करोड रकम फ्रिज गएको छ ।
गएको आर्थिक बर्ष २०७१÷७२ का लागि डोटीमा ३ अर्ब ५४ करोड रकम विनियोजन भएकोमा ३ अर्ब १५ करोड रुपैंया मात्रै खर्च भएको छ । आर्थिक वर्षको असार मसान्तसम्म विनियोजित बजेट खर्च हुन नसकेपछि ३९ करोड रकम फ्रिज भएको हो ।
चालुतर्फ २ अर्ब ५३ करोडमध्ये २ अर्ब ३४ करोड खर्च भएको छ भने पूँजीगततर्फ १ अर्ब मध्ये ८१ करोड खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय डोटीका कोष नियन्त्रक रुद्रप्रसाद भट्टले बताउनुभयो ।

Post a Comment

 
Top