काठमाडौं, साउन १६ - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबैको अपनत्व हुने गरी संविधान जारी गर्न सुझाव दिनुभएको छ । भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवासँग शुक्रबार रेड कोर्स रोडमा भएको भेटवार्तामा 
मोदीले सबैको अपनत्व हुने गरी संविधान जारी गर्न सके नेपालमा दिगो शान्ति र समृति हुने भन्दै सबैलाई मिलाएर संविधान जारी गर्न सुझाव दिनुभएको हो । उहाँले विनासकारी भुकम्पबाट भएको क्षतिका पुर्ननिर्माणमा के भईरहेको छ भन्ने विषयमा चासो राख्दै नेपालको विकास निर्माणमा भारतको सहयोग र समर्थन सधैं रहने आश्वासन दिएका थिए । 
देउवाले नेपालमा सबैको सहमतिमा संविधान जारी गर्ने गरी सबैसँग छलफल भईरहेको भन्दै मधेसी दलहरुलाई समेत मिलाएर संविधान जारी गर्न लागि परेको बताउनुभएको थियो । 
छलफलमा महाकाली सन्धी आफ्नै पालामा भएकोले महाकाली सन्धी कार्यान्वयनको विषय उठाएको देउवाले बताउनुभयो । जसमा मोदीले यसमा सकारात्मक प्रतिक्रिया दिदै नेपालको जलविद्युत निर्माणमा भारतले सहयोग गर्ने प्रतिबद्धता 
ब्यक्त गर्नुभयो । देउवाले आफू प्रधानमन्त्री हुँदा भाजपा नेता अटल बिहारी बाजपेयी नेतृत्वको भारतीय सरकारसँग गरेको एकीकृत महाकाली सन्धी कार्यान्वयनमा भारतीय सहयोगको अपेक्षा गर्नुभएको छ । देउवाले शुक्रबार नै भारतीय गृहमन्त्री राजनाथ सिंहसँग भेटवार्ता गर्नुभएको थियो । भेटवार्तामा गृहमन्त्री सिंहले सबैलाई सहमतिमा ल्याएर छिटो संविधान जारी गर्न सुझाव दिनुभयो ।

Post a Comment

 
Top