बुटवल, साउन ६ -  नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले संविधानको मस्यौदामा भएको त्रुटीले आफुलाई पनि लाज लाग्ने बनाएको बताउनु भएको छ । नेपाल प्रेस यूनियन रुपन्देहीले बुधबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा उहाँले मस्यौदामा धेरै भाषिक त्रुटि भएका कारण सुझाव संकलनमा पनि सभासदको योग्यताको बिषयमा धेरै सुझाब आएको बताउनुभयो ।
‘मस्यौदा पढ्दा लाज लाग्छ, तर सहमति र अधिक गोप्यताका कारण यस्तो भएको हो भन्नुपर्ने अवस्था छ’ पूर्व मन्त्री समेत ररहेका खाँणले भन्नुभयो । उहाँले सुझावलाई संविधानमा समेट्नका लागि दलका नेता र सभासदहरुसँग व्यवस्थापकीय क्षमता आवश्यक रहेको बताउनुभयो ।
१६ बुँदे सहमतिपछि देशमा तरङ्ग आएको बताउँदै उहाँले अन्तर्राष्ट्रिय हस्तक्षेपबाट मुलुकलाई बचाउन संविधान छिटो जारी गर्नुपर्ने बताउनुभयो । तर साउनमा संविधान जारी हुने संभाबना कम रहेको भन्दै उहाँले दसैं अगाडि देशले संविधान पाउने दावी गर्नुभयो ।

Post a Comment

 
Top