साउन ८ – पाकिस्तान विरुद्धको ट्वेन्टी ट्वेन्टी श्रृँखलाका लागि श्रीलंकाले टोलकिो घोषणा गरेको छ । लासिथ मालिङ्गाको कप्तानीमो घोषणा गरिएको टोलीमा ५ नयाँ अनुहारलाई समेटिएको छ ।
एकदिवसीय टोलीको उपकप्तान लाहिरु थिरिमने र दिनेश चण्डिमाललाई ट्वेन्टी ट्वेन्टीमा समावेस गरिएको छैन भने चामरा कपुगेदरा ३ वर्षपछि टोलीमा पुनरागमन गरेका छन् । आगामी साउन १४ र १६ गते हुने खेलका लागि छनौट गरिएको टोलीमा तिब्र गतिका बलर बिनुरा फर्नाण्डो, लेग स्पिनर जेफ्रि भाण्डरसे र ब्याट्समेनहरु सेहन जयसूर्या, दासुन शनाका र धनन्जय डी शिल्भालाई मौका दिइएको छ ।
त्यस्तै पुराना खेलाडीमा तिलकरत्ने दिलशान, कुसल परेरा, थिसारा परेरा, एन्जोलो म्याथुज, नुवान कुलसेकरा,किथ्रुवान भिथान्गे, चतुराङ्गा डी शिल्भा र मिलिन्दा सिरिवर्दने टोलीमा परेका छन् ।

Post a Comment

 
Top