काठमाडौं, साउन ११ – संविधानसभाको बैठक
मंगलबार बेलुका ५ बजेका लागि बोलाइएको छ । संविधानसभा सचिवनलयका सह
प्रवक्ता सुदर्शन कुईकेलले संविधानसभा बैठक मंगलबार बेलुका ५ बजेका लागि
बोलाएको जानकारी दिनुभयो ।
संविधानको प्रारम्भिक मस्यौदामाथि
नागरिकको राय सुझाव लिन बैठक स्थगित भएको थियो । जिल्लाबाट प्राप्त
सुझावलाई एकीकृत गरेर नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले सोमबार
बेलुका ७ बजे संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई प्रतिवेदन बुझाउने
कुईकेलले जानकारी दिनुभयो ।
नेम्वाङले प्रतिवेदन बुझेपछि त्यो
प्रतिवेदन मंगलबारको संविधानसभा बैठकमा पेश गरिने छ । नागरिकहरुले
प्रत्यक्ष निर्वाचित कार्यकारी, धार्मिक स्वतन्त्रता, प्रदेशको संख्या कम
बनाउनु पर्ने र नामांकन र सिमांकन तोकेर मात्र संविधान जारी गर्नु पर्ने
सुझाव दिएका छन् ।
Post a Comment