काठमाडौं, असार ३१ – विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेट छनौट प्रतियोगितामा क्यानडा लगातार चौथो खेलमा पराजित भएको छ । प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा क्यानडालाई स्कटल्याण्डले ८ विकेटले पराजित गरेको हो ।
क्यानडाले दिएको १ सय ३६ रनको लक्ष्य स्कटल्याण्डले १४ दशमलब ४ ओभरमा २ विकेट गुमाउँदै पुरा गर्यो । स्कटल्याण्डका लागि क्याल कटजरले अविजित ५० कलुम मालेडले २९ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारीत २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३५ रन बनाएको थियो । क्यानडाका नभनित दालिवालले ३४ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।
जितसँगै स्कटल्याण्ड ५ खेलमा ६ अंक जोड्दै समुह बी को तेश्रो स्थानमा उक्लिएको छ । खेलेका ४ वटै खेल हारेको क्यानडा भने विना अंक समुहको पुछारमा रहेको छ । 

Post a Comment

 
Top