काठमाडौं, साउन १४ – संवैधानिक राजनीतिक संवाद तथा सहमति समितीले नागरिकबाट आएको सुझावलाई मस्यौदामा समेट्न ५ सदस्यीय उपसमिती बनाउने तयारी गरेको छ । संवाद समितीको बिहीबार बसेको बैठकमा समितीका सभापति डाक्टर बाबुराम भट्टराई तथा ४ दलका शीर्ष नेता सम्मिलित उपसमिती बनाउने तयारी भएको हो ।
संविधानसभाले बुधबार नागरिक सम्बन्ध तथा संविधान सुझाव समितीको प्रतिवेदनलाई संवाद समितीमा पठाएको थियो । नागरिकका सुझाव मस्यौदामा समेट्न र व्यवस्थित गर्न ४ दिनको समय पाएको संवाद समितीले बिहीबारदेखि नै छलफललाई तीव्र पारेको हो ।

Post a Comment

 
Top