म्याग्दी, साउन ७ – म्याग्दीको बेनी
नगरपालिका–१२ गाजनेमा अवस्थित ऐतिहासिक महत्व बोकेको जगन्नाथ मन्दिरको
जगैदेखि पुनर्निर्माण भएको छ । झण्डै साढे ५ सय वर्ष पुरानो मन्दिर जीर्ण
बन्दै गएपछि महायज्ञको आयोजना गरी सङ्कलित रकमबाट मन्दिरको पुनर्निर्माण
गरिएको हो ।
२०६९ सालको फागनु महिनादेखि निर्माण शुरु
गरिएको मन्दिरको वरिपरी पर्खाल लगाउने, जगैदेखि ढलान गर्ने, रङरोगन,
वाइरिङ, मन्दिरभित्र फिनिसिङ, गजुर राख्नेलगायतका काम सम्पन्न गरिएको
मन्दिर निर्माण समितिका अध्यक्ष यामबहादुर बानियाँले जानकारी दिनुभयो ।
भौगोलिक विकटता, बाटोघाटोको असुविधा,
कच्चापदार्थ समयमा उपलब्ध नहुनु, ढुवानीको समस्याजस्ता कारणले मन्दिर
निर्माणकार्य तोकिएको समयभन्दा ढिलो हुन गएको अध्यक्ष बानियाँले बताउनुभयो ।
आगामी मंसिर मसान्तसम्म पुनर्निर्माण गरिएको जगन्नाथ मन्दिरको उद्घाटन
गर्ने तयारी रहेको उहाँको भनाई छ ।

Post a Comment