डोटी, साउन १३ – सुदूरपश्चिममा कुपोषणको दर उच्च रहेको पाइएको छ । यहाँका महिला तथा बालवालीकामा पर्याप्त पोषणको अवस्था न्यून भएका कारण कुपोषण्को दर उच्च रहेको पाइएको हो । कुपोषणका कारण सुदूर पश्चिममा ५२ प्रतिशतमा पुड्कोपना, १६ दशमलव ७ प्रतिशतमा ख्याउटेपना र १४ प्रतिशतमा कम तौलको समस्या रहेको सुआहार संस्थाको तथ्याङ्कले देखाएको छ ।
संस्थाका अनुसार सुदूरश्चिम भरीमा यो समस्या देखा परेको छ । सुदूरपश्चिममा उच्च रहेको कुपोषण दरलाई घटाई पोषणयुक्त समाज र राष्ट्र निर्माण गर्ने सुदूरपश्चिममा कुपोषणको दर उच्च लक्ष्यका साथ सरकारले पोषण कार्यक्रम सञ्चालन गरिरहेको र त्यसै कार्यक्रमलाई सघाँउनका लागि सुआहारा कार्यक्रमले पनि बिभिन्न जिल्लामा सुनौला हजार दिनका महिला र बालवालीकालाई लक्षीत गरी कार्यक्रम सञ्चालन गरेको छ ।
त्यस्तै अछाम जिल्लामा भने कुपोषणको दर पुड्कोपनामा ५८ प्रतिशत र ख्याउटेपनामन १७ प्रतिशत रहेको पाइएको छ । पोषण कार्यक्रम सञ्चालन भइसकेपछि हालको अवस्थावारे भने जाँनकारी नआएकाले यो दर घटेको हुनसक्ने अनुमान गरिएको छ । नेपालको सन्र्दभमा वर्षेनि कुपोषण दर १४ प्रतिशतले घटिरहेको तथ्याङ्क रहेको छ ।

Post a Comment

 
Top