काठमाडौं, १३ साउन– मुटुमा समस्या देखिएपछि काठमाडौंको नर्भिक अस्पतालमा भर्ना भएका पूर्व युवराज पारस शाह बुधवार डिस्चार्ज भएका छन् । ४ दिनअघि अस्पताल भर्ना भएका पारसको छातीमा पेसमेकर राखिएको छ ।     आइतबार अप्रेसन गरी पेसमकेर राखिएको  थियाे । बुधवार विहान अस्पतालवाट डिस्चार्ज भएपछि शाह आफै गाडी चलाएर गएका थिए ।   उनको स्वास्थ्यमा क्रमिक सुधार भएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।  पुर्व युवराज पारस शाह अस्पताल भर्ना भएपछि उनकी पत्नी हिमानी शाह सहित सभाषद गणेश थापा लगायत अस्पताल पुगेर भेटेका थिए । 

See more at: www.chakrapath.com

Post a Comment

 
Top