डोटी, साउन ७ – डोटी जिल्लाका सबै उपस्वास्थ्य चौकी स्तरोन्नती भई स्वास्थ्य चौकीमा रुपान्तरण भएका छन । स्वास्थ्य चौकीमा रुपान्तरण भएपछि  जनशक्ति र सेवा सुबिधामा समेत विस्तार भएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय डोटीका नायब सुव्वा रुपसिंह मल्लका अनुसार मन्त्री परिषदको २०७१ पुस २४ गतेको निर्णयानुसार स्तरोन्नती हुन बाँकी डोटीका २९ उप स्वास्थ्य चौकी स्तरोन्नती भएका हुन । 
यस अघि स्तरोन्नती समेत भएका गरि जिल्लामा २ वटा  प्राथमिक स्वास्थ्य केन्द्र, सहित २० वटा स्वास्थ्य चौकी रहेका थिए । स्तरोउन्नती गरिएका स्वाथ्य चौकी क्षेत्रका स्थानियबासिन्दा भने उपस्वास्थ्य चौकीको बढुवा मात्र गरेको र स्वाथ्य चौकीमा हुनु पर्ने आवश्यक सुविधा नभएको बताउँदै आएका छन् ।

Post a Comment

 
Top