नवलपरासी, साउन १३ – नवलपरासीको गैडाकोट – १५ अमरापुरीमा रक्सीले मातेका एक ब्यक्तिले ढुङ्गा प्रहार गर्दा एक जनाको ज्यान गएको छ । 
गैडाकोट –१५ अमरापुरीका ३५ बर्षका  गोविन्द पौडेललाई मकवानपुर हाडीखोला – ७ डोलबारीका ४५ बर्षका सीताराम विकले रक्सिको नसामा टाउकोमा ढुङ्गा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
हत्या गर्ने विकलाई  इलाका प्रहरी कार्यालय रजहरले  नियन्त्रणमा लिएको छ  । मृतकको शव पोष्ट मार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा राखिएको छ ।

Post a Comment

 
Top