काठमाडौं, साउन १५ - पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग भेटवार्ता गर्नुभएको छ ।
नयाँ दिल्लीस्थित राष्ट्रपति कार्यालयमा नेता देउवाले भारतका राष्ट्रपति मुखर्जीसँग शिष्टाचार भेट गरेको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका राजनीतिक मिनिस्टर काउन्सिलर तीर्थ वाग्लेले जानकारी दिनुभयो ।
भेटमा दुई मुलुकका आपसी हित तथा सहयोगको सम्बन्ध र नेपालको पछिल्लो राजनीतिका बारेमा समेत छलफल भएको थियो । भेटमा नेता देउवाले भूकम्पपछि भारतले नेपाललाई गरेको सहयोगको सराहना गर्नुभएको थियो ।
यसअघि नेता देउवाले बिहीबार भारतीय विदेश मन्त्री सुष्मा स्वराज र भारतीय विदेश सचिव एस जयशङ्करसँग भेटवार्ता गर्नुभएको थियो । भारत सरकारको निमन्त्रणामा नेता देउवा साताव्यापी भ्रमणका लागि बुधबार नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो ।

Post a Comment

 
Top