साउन
१२ – चीनमा एप्पलको नक्कली आइफोन बनाउने कम्पनी फेला परेको छ ।
अनुसन्धानका लागि घटिएको अमेरिकी अधिकारीको टोलीले नक्कली आइफोन बनाउने
कम्पनीमा छापा मारी त्यसमा कार्यरत ९ जनालाई पक्राउ गरेको छ ।
कम्पनीमा सयौंको संख्यामा कामदारले काम
गर्ने गरेका थिए । उनीहरुले विभिन्न ब्रान्डाका पुराना स्मार्टफोनका
पाटपुर्जा मिलाएर नयाँ आइफोन बनाउने गरेका थिए । श्रीमान श्रीमती मिलेर
चलाएको कम्पनीले अहिलेसम्म एक करोड ९० लाख अमेरिकी डलर भन्दा धेरै मुल्य
पर्ने ४१ हजार वटा नक्कली आइफोन बनाएको अधिकारीले बताएका छन् ।
गएको
मे १४ मानै यो कम्पनीका बारेमा थाहा पाएको भएपनि बेइजिङका अधिकारीले
आइतबार मात्रै यस विषयमा जानकारी दिएका हुन् । चीनको राजधानी बेइजिङबाट
उत्तरतर्फको बाहिरी क्षेत्रमा रहेको कम्पनीमाथिको अनुसन्धान गएको जनवरी
महिनामा सुरु भएको थियो ।
चीनमा आइफोन मात्रै नभएर अन्य सामग्रीको
पनि नक्कली उत्पादन हुने गरेकाले त्यस्ता साम्रगी उत्पादनलाई निरुत्साहित
गर्ने गरी संयुक्त रुपमा काम गर्न अमेरिकी अधिकारी र चिनिया अधिकारी सहमत
भएका छन् । चीनको कुनमिङ शहरमा चार वर्ष अघि नक्कली एप्पल स्टोर पनि
भेटिएको थियो ।
Post a Comment