महेन्द्रनगर, साउन ९ - कञ्चनपुरको दोधारा–चाँदनीमा विचित्रको टाउको भएको शिशु जन्मिएको छ । 
दोधारा–चाँदनी नगरपालिका वडा नम्बर–९ नमुना टोल निवासी २० वर्षकी सीमा सुनारको पहिलो सन्तानको रुपमा जन्मिएकी छोरीको माथिल्लो भाग विचित्रको रहेको छ । विचित्रको बच्चा जन्मिएपछि सुनारको घरमा बच्चा हेर्नेको घुइँचो लागेको छ । 
बच्चाको घाँटीभन्दा तलको भागको शारीरिक बनौट सामान्य भएपनि टाउको विचित्र रहेको छ । बच्चाको निधार नभएको, आँखामाथि २ वटा ठूला–ठूला मासुको डल्ला रहेको र एउटा आँखा जनावर जस्तो रहेको छ । शारीरिक बनोट विचित्रको रहेपनि बच्चाको स्वास्थ्य सामान्य रहेको बच्चाकी आमा सीमा सुनारले बताउनुभयो । उहाँका अनुसार शनिबार बिहान जन्मिएको बच्चाले दुधसमेत खाएको छ । यसअघि गएको जेठमा चितवनमा पनि यस्तै विचित्रको बच्चा जन्मिएको थियो ।

Post a Comment

 
Top