पर्वत, साउन ८ - गाडी सञ्चालनमा अबरोध पुर्‍याउन खोज्ने नेकपा माओवादीका धौलागिरी इन्चार्जसहित तीन नेतालाई प्रहरीले पक्रेको छ । धौलागिरी इन्चार्ज पारसमणि रिजाल, केन्द्रीय सदस्य एवम् पर्वत जिल्ला इन्चार्ज गगनबहादुर थापा र राज्य समिति सदस्य एवम् अखिल क्रान्तिकारी पर्वतका अध्यक्ष मिनराज केसीलाई पर्वत प्रहरीले पक्रेको हो । 
तीनै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखिएको जिल्ला प्रहरी प्रमुख महेन्द्रकुमार श्रेष्ठले बताउनुभयो  । ‘सवारीसाधनमा अबरोध गर्न खोजेपछि नियन्त्रणमा लिएका हौ’ श्रेष्ठले भन्नुभयो ‘बन्द सकिएपछि छाड्छौ ।’
बिहानै केही सवारी साधन गुडेपनि अहिले धौलागिरीबाट बाहिरीने गाडी गुड्न सकेका छैनन् । पर्वत सदरमुकामका बजारहरु फाट्टफुट्ट खुलेपनि अधिकांश पसल बन्द रहेका छन् । 
आफना नेतालाई प्रहरीले पक्रेकोमा नेकपा माओवादी बिप्लब समुहले बिरोध गरेको छ । राष्ट्रियताको पक्षमा गरिएको बन्दमा सामान्य विषयमा पनि नेतालाई पक्राउ गरेर सरकारले आफ्नो लाचारीपन देखाएको जिल्ला सेक्रेटरी बैकुष्ठ गिरीले बताउनुभयो ।

Post a Comment

 
Top