८ साउन, मुसिकोट । रुकुममा जंगली च्याउको तरकारी खाँदा एकै परिवारका ४ जना बिरामी भएका छन् ।
छिवाङ ४ नयाँगाउँ घर भइ मुसिकोट नगरपालिका ३ बस्ने २४ वर्षीय विनिता पुन, १९ वर्षीय दिपक पुन, ४ वर्षीय सलिना पुन र ४ वर्षकै सृजन पुन बिरामी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनीहरुले शुक्रबार विहान जंगलबाट ल्याएको च्याउको तरकारी पकाएर खाएका थिए ।
चारै जनाको जिल्ला अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक गोविन्द थपलियाले जानकारी दिए ।

Post a Comment

 
Top