८ साउन, सल्यान । खच्चरलाई बोकाएर विद्यालयमा पानी खुवाइन्छ । यस्तो सुन्दा तपाईंलाई अचम्म लाग्न सक्छ, तर अचम्म मान्नुपर्दैन । सल्यानको जिमाली ४ बिर्केनेटीमा रहेको श्री निम्न माध्यमिक विद्यालयले विगत एक वर्षदेखि खच्चरमा बोकाएर पानी ल्याउने गरेको छ । drinking waterविद्यालयमा शिक्षक र विद्यार्थीलाई आवश्यक पर्ने दैनिक ५५ लिटर खानेपानी यसअघि कार्यालय सहयोगीले बोक्ने गरेका थिए । ‘सहयोगीले ल्याएको पानीले नपुग्ने भएपछि खच्चरबाट पानी बोकाउन थालिएको हो,’ प्रधानाध्यापक डिल्लीबहादुर बुढाथोकीले भने । कार्यालय सहयोगीले १० देखि ४ बजेसम्म बोक्दा ५५ लिटर पानी ल्याउन नसक्ने भएकाले खच्चरलाई बोकाउनुपरेको बुढाथोकीले बताएको नेपाल समाचारपत्रमा खबर छ । विद्यालयमा एक सय ७५ विद्यार्थी छन् । खानेपानी र शौचालयका लागि दैनिक चार सय लिटर पानी चाहिएपनि अहिले खानेपानी मात्र उपलब्ध गराउन सकिएको प्रधानाध्यापक बुढाथोकीको भनाइ छ ।

Post a Comment

 
Top