बारा, साउन ९ - छिमेकीको घर तोडफोड गरेको आरोप लागेपछि छलफलका लागि बोलाउने प्रहरीलाई गाली गरेको आरोपमा पक्राउ परेका पूर्व सभासद शिवचन्द्र कुशवाहलाई रिहा गर्न माग गर्दै उनको समर्थकले बाराको कलैयामा प्रदर्शन गरेका छन् ।
कुशवाहका आफन्तसहित, नेपाली कांग्रेस र एनेकपा माओवादीका केही कार्यकर्ता तथा सदभावना पार्टीका कार्यकर्ताले कलैया भरतचौकमा धर्ना दिएका हुन् । तीन सयको संख्यामा रहेका कुशवाहका समर्थकले कुशवाहलाई प्रहरीले दमन गरेको भन्दै  प्रहरी दमन बन्द गर,  कुशवाहलाई बिना शर्त रिहा गर लगायतका माग लेखेको प्ले कार्डसहित प्रदर्शनमा उत्रिएका हुन । उनीहरुले कलैया वीरगन्ज सडक खण्ड पनि अवरुद्ध गरेका छन् ।
महागढीमाई ८ का  लालदेव राउत बरैको घरमा तोडाफोड गरेको अभियोगमा प्रहरीले छलफलका लागि कार्यालयमा बोलाएको थियो । प्रहरीले बोलाएपछि जिल्ला प्रहरी कार्यालय पुगेका पूर्वसभासद कुशवाहले प्रहरी उपरीक्षक लोकेन्द्रबहादुर मल्ल र नायब उपरीक्षक रवीन्द्र रेग्मीलाई दुर्व्यवहार गरेका थिए । त्यसपछि प्रहरीले उनलाई समातेर थुनेको थियो ।

Post a Comment

 
Top