८ साउन, रौतहट । रौतहटको चन्द्रपुरमा शुक्रबार भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । ६ जनाभन्दा बढी घाइते भएका छन् ।
bus-and-trakter
बिहान साढे पाँच बजे पूर्व पश्चीम राजमार्ग अन्तर्गत चन्द्रनिगाहपुरको लमहा पुलमा काठमाडौंबाट जनकपुर जाँदै गरेको ना ४ ख ६२२९ नम्बरको यात्रुबाहक बस र बाराको निजगढबाट चन्द्रपुर आँउदै गरेको ना २ त ३०५६ नम्बरको ट्रयाक्टर ठोक्किँदा भएको दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा निजगढ ७ का ५० वषिर्य सोमबहादुर माझी र सोहीस्थानका २२ वषिर्य कुलबहादुर माझी रहेका छन ।
निजगढबाट घर छाउने टाली बोकेर आँउदै गरेको ट्रयाक्टरलाई लमहा पुलमा बसले पछाडीबाट ठक्कर दिएको थियो । मृतक सोमबहादुर टाली व्यापारी र टेकबहादुर उनका सहयोगी रहेको प्रहरीले जनाएको छ ।
घाइते चालक धनबहादुर माझी, विनेश माझीलाई उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्ज लगिएको छ ।
दुर्घटनामा बसमा यात्रा गरिरहेका दिपक भण्डारी, गंगा कार्की घाइते भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । घाइतेहरुको चन्द्रनिगाहपुर अस्पतालमा उपचार भइरहेको छ ।
घटना पछि बसका चालक फरार छन् । दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

Post a Comment

 
Top