रौतहट, साउन ७ – रौतहटमा एक किशोरीमाथि बलात्कार भएको छ । विश्रामपुरकी किशोरीमाथि बलात्कार भएको भन्दै पीडित किशोरीका आफन्तले प्रहरीमा उजुरी दिएका छन् ।
विश्रामपुर–९ का १६ वर्षका मनोज रामले गएको मंगलबार गाउँ नजिकैको उखुबारीमा गाउँकै किशोरीमाथि बलात्कार गरेको भन्दै पीडितले बुधबार प्रहरीमा उजुरी दिएका छन् । बलात्कारको आरोप लागेका राम फरार रहेको र उनको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

Post a Comment

 
Top