पर्वत, साउन ७ - साथीको हत्या गरेको अभियोग लागेका पर्वतको लेकफाँटका दाजुभाइ पुर्पक्षका लागि थुनामा परेका छन् । पर्वतको लेकफाँट गाबिस वडा नं ४ कुवापानीका जगतबहादुर पुनको हत्या गरेको अभियोगमा त्यही ठाउँका दाजुभाइ ज्ञानबहादुर पाइजा र लोकेन्द्र पाइजा पुर्पक्षका लागि थुनामा परेका हुन ।  
पर्वत जिल्ला  अदालतका श्रेष्तेदार ख्याम लामिछानेको एकल इजलासले अभियूक्त पाइजा दाजुभाइलाई साथीको हत्याको अभियोगमा थप अनुसन्धानका लागि पुर्पक्षका लागि थुनामा पठाएको हो । पाइजा दाजुभाइले २०७० साल असार ९ गते राती जगतबहादुर पुनलाई कुटपिट गरी हत्या गरेको अभियोगमा मुद्दा चलाइएको हो ।
उनीहरुले साथीसँगको रिसइबीमा कुटपीट गरि हत्या गरेर  लेकफाँट – ५ भुमेस्थानको भीरमा शव फालेको अभियोग लागेको छ ।  अभियुक्त ज्ञानबहादुरलाई प्रहरीले गएको असार १७ गते चितवनको नारायणगढमा रिक्सा चलाई राखेको अवस्थामा र लोकेन्द्रलाई असार ७ गते बागलुङ्गबाट प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ पछि दुबैले हत्या गरेको स्वीकार गरेका थिए । घरबाट हराएका जगत पुनको  शव असार ३० गते भीरमा भेटिएपछि शंकास्पद मृत्यु भएको भन्दै प्रहरीले अनुसन्धान गरिरहेको थियो ।

Post a Comment

 
Top