८ साउन, धनकुटा । जिल्लाको मउनाबुदुक-१ मा आँपको रुखमा बादर आएको भनी भरुवा बन्दुक प्रहार गर्दा एक व्यक्तिको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मउनाबुदुक-१ बस्ने ६६ बर्षीय धन बहादुर राई छन् । ८० बर्षीय नन्दलाल राईले आफ्नो घर नजिक रहेको आँपको बोटमा बाँदर आएको ठानेर भरुवा बन्दुक प्रहार गर्दा गोली लागेर उनको घटनास्थलमै मृत्यु भएको थियो ।
प्रहरीले नन्दलाललाई भरुवा बन्दुक सहित पक्राउ गरेको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Post a Comment

 
Top