रौतहट, साउन १६ - चन्द्रपुर नगरपालिका–१ अन्तर्गत पूर्वपश्चिम राजमार्गको चाँदी नजिकको लच्कामा तीव्र गतिमा रहेको जिप शुक्रबार बेलुकी दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । 
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार चन्द्रनिगाहपुरबाट सर्लाही जिल्लातर्फ गइरहेको बा६च ९०१२ नम्बरको जिप अनियन्त्रित भई रुखमा ठोक्किँदा जिपमा सवार सर्लाही जिल्ला रानीगन्ज गाविसका करिब ३० वर्षीय चित्रबहादुर पुर्वाछाने मगर र लालबन्दी नगरपालिका–२ बस्ने २७ वर्षीय मनोज गोलेको घटनास्थलमै मृत्यु भएको छ ।
जिप दुर्घटनामा घाइते भएका अर्जुन लामाको अवस्था चिन्ताजनक रहेकाले थप उपचारका लागि वीरगन्ज पठाइएको छ । बाँकी पाँचजनाको चन्द्रनिगाहपुर अस्पतालमा उपचार भइरहेको छ । घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

Post a Comment

 
Top