अछाम, साउन ९ – अछामको मंगलसेनमा चितुवाको आक्रमणमा परी एक जना घाइते भएका छन् । मंगलसेन–४ का एक १७ वर्षका खेम बहादुर टमटालाई शुक्रबार बेलुका चितुवाले आक्रमण गरेको हो । 
मंगलसेनको जनालीरवा जंगलमा गोठालो गएका बेला टामटालाई चितुवाले आक्रमण गरी घाइते बनाएको स्थानीय बासिन्दाले बताएका छन् । टमाटाको जिल्ला अस्पताल अछाममा उपचार भैरहेको उहाँका बुबा गोरे टमटाले जानकारी दिनुभयो

Post a Comment

 
Top