दार्चुला, साउन १२ - विषालुु च्याउ खाँदा दार्चुलाको हुती गाविस–५ खातीगाउँका २३ वर्षीय धनसिंह धामीको मृत्यु भएको छ । 
गत बिहीबार आफ्नै खेतबारीमा उम्रिएको च्याउ खाँदा बिरामी परेका धामीको मंगलबार उपचारका क्रममा भारतको हल्दवानीस्थित एक अस्पतालमा मृत्यु भएको आफन्तले जानकारी दिएका छन् । उनीसँगै विषालु च्याउ खाएर बिरामी भएका सोही गाउँका लक्ष्मणसिंह धामीको भने स्वास्थ्यमा सुधार आएको छ ।

Post a Comment

 
Top