साउन १० – इंग्लिस प्रिमियर लिगको उपाधि विजेता चेल्सीले मैत्रीपूर्ण फुटबलमा फ्रान्सको क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई पराजित गरेको छ । अमेरिकाको नरदन क्यारोलिनामा रहेको ब्यांक अफ अमेरिका स्टेडियममा भएको मैत्रीपूर्ण खेलमा चेल्सीले पिएसजीलाई टाइब्रेकरमा ६–५ ले हराएको हो ।  निर्धारित समयको खेल एक एकको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । २४ औं मिनेटमा जाल्टान इब्राहिमोविचको गोलबाट पिएसजीले सुवाती अग्रता लिएको थियो । तर ६५ औं मिनेटमा चेल्सीका भिक्टर मोसेसले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए । टाइब्रेकरमा चेल्सीका गोलकिपर टिबो कर्ट्वाले विजयी गोल गरे । अबको दुई हप्तापछि सुरु हुने इंग्लिस प्रिमियर लिग अघि मैत्रीपूर्ण खेलका लागि अमेरिका पुगेको चेल्सी यसअघि गएको सोमबार भएको खेलमा न्यु योर्क रेड बुल्ससँग भने ४–२ ले पराजित भएको थियो ।

– एजेन्सीको सहयोगमा

Post a Comment

 
Top