इलाम, साउन ७ - बहुविवाह गरेको आरोपमा प्रहरीले इलाम कोल्बुङबाट एक दम्पतीलाई पक्राउ गरेको छ । श्रीमती हुँदाहुँदै कान्छी श्रीमती ल्याएको आरोपमा इलाका प्रहरी कार्यालय पशुपतिनगरले कोल्बुङका २९ वर्षीय प्रदीप लम्साल र उनकी कान्छी श्रीमती वेदकुमारी योगीलाई पक्राउ गरेको हो । 
दुई दिनअघि श्रीमान्ले दोस्रो विवाह गरेको भन्दै लम्सालकी जेठी श्रीमती प्रमिलाले उनीविरुद्ध इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी थिइन् । प्रमिलाको जाहेरीपछि उनीहरुलाई गएराति घरबाटै नियन्त्रणमा लिएर हिरासतमा राखिएको र आवश्यक अनुसन्धानपछि बहुविवाहको आरोपमा मुद्दा चलाइने जानकारी प्रहरी निरीक्षक पदम थपलियाले दिनुभयो ।

Post a Comment

 
Top