बाजुरा, साउन १५ - भ्रष्टाचार गरेको भन्दै नेकपा–माओवादी विप्लवका कार्यकर्ताले बाजुराका स्थानीय विकास अधिकारी युवराज पौडेललाई कार्यकक्षमै कालोमोसो दलेका छन् । 
जिल्ला विकास समितिले गएको आर्थिक वर्षमा योजनाको रकम भुक्तानी गर्दा प्रत्येक उपभोक्ता समितिबाट १० देशि १५ प्रतिशत रकम मागेको भन्दै पूर्व सभासद तथा नेकपा माओवादीका जिल्ला ईन्चार्जसमेत रहेका डबलबहादुर शाहले केही कार्यकर्ताको साथमा कार्यकक्षमै पुगेर पौडेललाई कालोमोसो दलेका हुन् ।
पौडेलले भने आफूमाथि झुटो आरोप लगाएर दुर्व्यवहार भएको  बताउनुभयो ।

Post a Comment

 
Top