कास्की, साउन १४ –  अविरल वर्षापछि खसेको पहिरोले पुरिएर कास्कीको लुम्ले र भदौरैतामागी गाविसमा गरि अहिलेसम्म २१ जनाको ज्यान गएको छ । १८ जना घाईते भएका छन् । ज्यान गुमाउनेमा लुम्लेका १६ र भदौरेका ५ जना रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको हो । 
लुम्ले गाविसका वडा नम्बर ६ को बस्तीभन्दा माथिको पहराबाट खसेको पहिरोले १३ घर पुरिंदा सबै घरका धेरैजसो व्यक्तिहरुले ज्यान गुमाएका छन् । पहिरोमा पुरिएर ज्यान गुमाउनेहरुमा लुम्ले ६ की ७५ वर्षिय पद्मी देवकोटा, ७० वर्षिय रत्ना पौडेल, ८४ वर्षिय बसन्ती बि.क, बसन्तीकी बुहारी ३२ वर्षिय चिजा बिक, नातिनी १४ वर्षिय सम्झना बिक, त्यही ठाउँकी १० वर्षिय सलिना बिक, ९ वर्षिय सुनिल बिक, २६ वर्षिय मञ्जु सुनार, मन्जुकी ४ महिनाको छोरी सिमा, ३२ वर्षिय सुनकुमारी जि.सी, १० वर्षिय सुगम जिसी, ५ बर्षिय संगम जिसी, ५६ वर्षिय छिरिङ राई, राईकी श्रीमती रहेका छन् । यस्तै १० वर्षिय सविता पौडेल, १० वर्षकै अर्जुन शेर्पा गुरुङ समेतको ज्यान गएको छ । 
घाईते लुम्ले ६ की २० वर्षिय रिता देवकोटा, उहाँकी ८ महिनाका छोरा नितेश र त्यही ठाउँकी १८ वर्षिय जुना सुनारको मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ । उनीहरु पहिरो आएपछि भाग्ने क्रममा घाईते भएका हुन् । घाईतेहरुलाई पोखराबाटै गएको हेलिकोप्टरमार्फत अस्पताल पुर्‍याईएको हो । बुधबार साँझ ५ बजेदेखि निरन्तर परिरहेको वर्षासँगै मध्यराती सवा १२ बजेतिर चट्याङ्ग परेको र चट्याङ्गसँगै माथिबाट झरेको पहिरोले घरहरु बगाएको स्थानीयबासिन्दा बालकृष्ण देवकोटाले बताउनुभयो ।
बस्तीभन्दा माथि रहेको २० हजार लिटर क्षमताको खानेपानी ट्यांकीको पानी पनि पहिरोसँगै बगेपछि क्षति ठूलो भएको हो । माथिबाट झरेको पहिरो सामान्य देखिएपनि खानेपानीको ट्यांकी एकैचोटी भत्किँदा क्षति भएको हो । छिमेकका बस्तीबाट राती नै पहिरोको बारेमा खबर पाएर त्यहाँ पुगेपनि पानी परिरहेकाले उद्धार गर्न सक्ने अवस्था नरहेका र बिहान ५ बजेतिर पानी पर्न छाडेपछि स्थानीयबासिन्दाले नै उद्धार शुरु गरेका थिए ।
पोखराबाट उद्धार टोलीलाई पुग्नका लागि भने पोखरा बाग्लुङ्ग जोड्ने भूपि शेरचन राजमार्गको ठाँउठाँउमा पहिरो झरेका कारण समस्या भएको थियो । हेम्जा फेदिका २ ठूला पहिरो जेसिबी लगाएर हटाएपछि अगाडि बढेको टोली लुम्ले घुम्तीमा खसेको पहिरोबाट भने घटनास्थलतर्फ पैदल जानुपर्‍यो । पैदलबाट झण्डै ३० मिनेटको दूरीमा रहेको घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, विभिन्न संघसंस्था, स्थानीय बासिन्दा लगायतको टोली खटिएको छ । अहिलेपनि पुरिएका घरहरुबाट अन्नपात, सरसामाग्री निकाल्ने काम भैरहेको छ । स्थानयीबासिन्दाले अझै कम्तिमा ७ जना हराईरहेको बताएका छन् । 
यस्तै कास्की भदौरे तामागी गाविस वडानम्बर ५ डुडाफाँटमा गएको बाढी पहिरोमा परेर ६५ वर्षिय टिकाराम बिक, ५५ वर्षिय रामकुमारी बि.क, ३१ वर्षिय गौरी पराजुली, ७ वर्षका करण पराजुली र ६५ वर्षकि नन्दकली पराजुलीको ज्यान गएको छ । 
भदौरेको पहिरोमा परि १५ जना घाईते भएका छन् । घाईतेमध्ये ७ जनाको अवस्था गम्भीर छ । गम्भीर घाईते भदौरे तामागी ५ की २७ वर्षिय शान्ति पराजुली, २८ वर्षिय बिमला बिक, २९ वर्षका बिनोद बि.क, ३० वर्षकी निरु पराजुली, ५० वर्षकी अंजनी पराजुलीको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र ६ वर्षकी सबिना पराजुली र ८ वर्षकी नम्रता पराजुलीको मणिपाल अस्पतालमा उपचार भैरहेको छ । अन्य घाईतेहरु ६२ वर्षिय तुलसी पराजुली, खुशी बि.क, २८ वर्षिय कमल सुनार, २० वर्षिय अन्तिम सुनार र ३२ माया पराजुलीको पश्चिमाञ्चलमा र २१ वर्षकी सुस्मा सुनार र ३ विर्षय सोनाम सुनारको मणिपालमा उपचार भैरहेको छ । 
पहिराेका अन्य तस्बिरहरु : 

तस्बिर : रविना आलेमगर र हिमनिधि लौडारी

लुम्ले र भदौरेमा भीषण पहिरो : २१ जनाको ज्यान गयो (तस्विर सहित)
लुम्ले र भदौरेमा भीषण पहिरो : २१ जनाको ज्यान गयो (तस्विर सहित)
लुम्ले र भदौरेमा भीषण पहिरो : २१ जनाको ज्यान गयो (तस्विर सहित)
लुम्ले र भदौरेमा भीषण पहिरो : २१ जनाको ज्यान गयो (तस्विर सहित)
लुम्ले र भदौरेमा भीषण पहिरो : २१ जनाको ज्यान गयो (तस्विर सहित)
लुम्ले र भदौरेमा भीषण पहिरो : २१ जनाको ज्यान गयो (तस्विर सहित)
लुम्ले र भदौरेमा भीषण पहिरो : २१ जनाको ज्यान गयो (तस्विर सहित)
लुम्ले र भदौरेमा भीषण पहिरो : २१ जनाको ज्यान गयो (तस्विर सहित)
लुम्ले र भदौरेमा भीषण पहिरो : २१ जनाको ज्यान गयो (तस्विर सहित)

Post a Comment

 
Top