नवलपरासी, साउन १२ – नवलपरासीको खोलाबाट ठेकेदारले स्टक सामान भन्दै खोलाजन्य सामग्री निकाशी गर्न लागेपछि स्थानीय बासिन्दाले विरोध गरेका छन्  ।
तिलकपुर गाविसको  भलुही खोलाको ढुंगा, गिट्टी तथा बालुवा निकासी गर्न युएस इन्टर प्राइजेज एण्ड सप्लायर्सले  जिल्ला विकास समितिबाट ठेक्का लिएको  थियो । ठेक्का अवधी सकिएपछि खोला किनारमा राखेको ढुंगा, गिट्टी तथा बालुवा निकासी गर्न  थालेपछि  स्थानीय बासिन्दाले सोमबारदेखि अवरोध गरेका छन् ।
जिविसले दिएको ठेक्का अवधीकै सामग्री उठाउन बाँकी रहेको भन्दै स्टक माल प्रमाण पत्र लिएर सप्लायर्सका प्रतिनिधि खोलामा आएपनि स्थानीय बासिन्दाले नदी जन्य सामग्री उठाउन नदिएका हुन । खोलाबाट जथाभावी रुपमा खोलाजन्य सामग्री झिकेर राखिएकोले  गिट्टी, बालुवा निकाशी गर्न  नदिएको स्थानीय बासिन्दा जीवनाथ खनालले बताउनु भयो  । गाउँलेले जथाभावी रुपमा गिट्टी बालुवा झिक्दा गाउँमा  पानीको मुहान सुक्ने, बाली नालीलाई समेत असर गर्ने बताएका छन् ।
जिल्ला विकास समितिले खोलाबाट निकाशी हुने बस्तुको मापदण्ड निर्धारण नगरी जति पनि निकाशी गर्न दिँदा समस्या भएको गाउँलेको भनाईको छ । स्थानीय विकास अधिकारी लालकृष्ण शर्मा पौडेलसँग मात्र वार्ता हुने भन्दै विरोधमा उत्रिएका स्थानीयवासीले निकासीमा प्रयोग गरिएको टे«क्टरलाई समेत अबरोध गरेका थिए । अबरोधपछि इलाका प्रहरी कार्यालय बर्दघाट, प्रहरी चौकी बासाबासहीबाट प्रहरी पुगेका थिए ।
तर प्रहरीसँग नभई स्थानीय विकास अधिकारीसँग मात्र वार्ता गर्ने अडान स्थानीय बासिन्दाले लिएपछि वार्ता हुन सकेको छैन । ठेकेदारको तर्फबाट विष्णु न्यौपानेले वार्ता गर्न आफूहरु तयार रहेको बताएपनि स्थानीय बासिन्दाले आफूहरुका मागबा बारेमा जिल्लामै वार्ता गर्ने बताएका छन् ।

Post a Comment

 
Top