चितवन , साउन १२ –  पूर्वी चितवनको भण्डारामा स्कुटरलाई ट्रकले ठक्कर दिँदा एक बालिकाको ज्यान गएको छ ।
हेटौँडाबाट नारायणगढका लागि छुटेको ना ४ ख ९९२९ नंम्बरको ट्रकले आइतबार दिउँसो ३ बजे भण्डारामा बा ४१ प ७७०८ नंम्बरको स्कुटरलाई ठक्कर दिँदा आमासँगै स्कुटरमा रहेकी अढाइ वर्षीया एन्जिला विष्टको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
सोही दुर्घटनामा घाइते इन्दिरा विष्ट र स्कुटर चालक भण्डाराकी आशा श्रेष्ठको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Post a Comment

 
Top