नेपालगन्ज, साउन १५ - जिल्ला अदालत बाँकेले सानै उमेरमा गरिएका विवाह बदर गर्न थालेको छ  । गत आर्थिक बर्षमा दुई युवाले दिएको निवेदनको आधारमा दुई जोडीको विवाह बदर गरिदिएको हो ।  
सानै उमेरमा विवाह गरेका युवाहरु पछि राम्रो शिक्षा पाएपछि सानैमा गरिएको विवाह बदरका लागि निवेदन दिने गरेका हुन् । अदालतले विवाह बदर गरेका दुई मध्ये एकजना सामाजिक संस्थामा कार्यरत छन् भने एकजनाले इञ्जिनियरिङमा स्नातक तह पुरा गरेका छन् । हाल २१ बर्ष उमेरका दुबै युवाको १३ बर्षको उमेरमा १० बर्षिया बालिकासँग विवाह भएको थियो । 
सानै उमेरमा विवाह गरेकाले विवाह बदरका लागि महिला तथा बालबालिका कार्यालय हुदै अदालतमा जानुपर्दछ । अहिले युवक २१ बर्षका भए उनले भारतबाट इञ्जिनियरको पढाई पनि पुरा गरेका छन् । इञ्जिनियर पढेका युवाले सानै उमेरमा भएको विवाह बदरका लागि महिला तथा बालबालिका कार्यालय बाँकेमा निवेदन दिए । युवकले दिएको निवेदन जिल्ला अदालत बाँकेमा पठाइयो । अदालतले  विवाह बदर गरिदिएपछि  सानै उमेरमा विहे गर्ने बालिका अहिले माइती घरमा फर्कनुपरेको छ । 
अदालतले बिवाह बदर गरिदिएपछि हाल १९ बर्षको उमेरमा पुगेकी युवतीलाई आत्मनिर्भरताका लागि युवक पक्षबाट  ५० र ७५ हजार हजार रुपैया दिलाईदिएको महिला तथा बालबालिका कार्यालय बाँकेका सुूचना अधिकारी कुँवरले जानकारी दिनुभयो ।
 बाँकेमा बर्षौअघि गरिएका बालविवाह अदालते बदर गरिदिएको यो नै पहिलो घटना हो । राम्रो घराना भेटियो भन्दै सानैमा छोरीको बिवाह गरेर पछि पछुताउनु भन्दा छोरीलाई राम्रो शिक्षा दिएर आत्मनिर्भर भएपछि विवाह गराउनु राम्रो हुने कुँवरको भनाई छ । तर बिवाह बदर भएपछि महिलाले भने थप सङ्घर्ष गर्नुपर्ने भएको छ ।  बाल विवाह गरेकाहरुले सन्तान नहुञ्जेलसम्म विवाह बदरका लागि निवेदन गर्न सक्छन् ।

Post a Comment

 
Top