
साउन
७ – इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि विजेता चेल्सी न्युयोर्क रेड
बुल्ससँग पराजित भएको छ । प्रिसिजन टुरको क्रममा अमेरिका गएको चेल्सी
अमेरिकी क्लब न्यु योर्क रेडबुलसँग ४–२ ले पराजित भएको हो ।

२७
औं मिनेटमा लुइक रेमीको गोलबाट चेल्सीले सुरुवाती अग्रता लिएपनि त्यसलाई
जोगाउन सकेन । ५१ औं मिनेटमा न्यु योर्क रेडबुल्सका फ्रेंकलिन
क्यासनलानोसले बराबरी गोल फर्काए । ६९ औं मिनेटमा १६ वर्षका टायलर एडम्सले
गोल गर्दै रेडबुललाई २–१ को अग्रता दिलाए ।

७३
औं मिनेटमा सोन डेविसले गोल गर्दै अग्रता ३–१ मा पुर्याए । ७५ औं मिनेटमा
इडेन हेजाडले गोल गर्दै चेल्सीलाई खेलमा फर्काउने प्रयास गर्दै खेल ३–२ को
अवस्थामा ल्याए ।

तर त्यसको दुई मिनेटपछि रेडबुलका डेविसले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ४–० को जित दिलाए ।

Post a Comment