मलेसिया, साउन १२ – मलेसियाको एक फर्निचर कम्पनीमा आगो लागेपछि कम्पनीमा कार्यरत ११ नेपाली नेपाल फर्कने भएका छन् । गत जुलाई १६ तारिख मलेसियाको सेलाङगर राज्यको रावाङमा अब स्थित न्यू पी के फर्निचर एस डी एन बी एच डीमा आगो लागेपछि कम्पनीमा कार्यरत ७० जना नेपालीको बिचल्ली भएको थियो ।
आगलागी पछि कम्पनी प्रतिनीधि दुतावास आएको र दुतावासले स्थलगत भ्रमण गरी  एघार जना नेपालीले घर फर्कने प्रस्ताव गरेको र बाँकी कम्पनी पुन संचालन नआए सम्म कम्पनीको पुनःनिर्माण  गर्ने काम गर्न राजी भएको दुतावासका श्रम सहचारी बुद्धिनाथ भट्टराईले जानकारी दिनुभएको छ ।

Post a Comment

 
Top