भक्तपुर,साउन १४ – नेपाल रेडक्रस सोसाइटी भक्तपुरले भूकम्पमा परेर ज्यान गुमाएका ३३३ परिवारलाई राहत सामाग्री वितरण गरेको छ । 
रेडक्रसले बिहीबारदेखि वितरण सुरु गरेको राहत वितरण कार्यक्रममा पहिलो दिन २२५ मृतक परिवारलाई राहत सामाग्री वितरण गरेको र अरुलाई पनि वितरण जारी राखेको रेडक्रस भक्तपुरका सुरेन्द्र खाइतुले जानकारी दिनुभयो ।
रेडक्रसले रेनकोट, ब्ल्याङ्केट, तौलिया, रुमाल, स्लिपिङ्ग व्याग, चप्पल, साबुन, स्यानेटरी किट लगायत २२ वटा सामानहरु प्रदान गरिएको छ ।

Post a Comment

 
Top