नेपालगन्ज, साउन १० –  बाँकेमा निष्कृय रहेका  ३० वटा सहकारी खारेजीमा परेका छन् । सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय बाँकेका प्रमुख प्रकाश पौडेलका अनुसार गएको असार २२ गतेसम्म सक्रिय रहेको आधार प्रमाण प्रस्तुत गर्न नसकेपछि ३० वटा सहकारी खारेज भएका हुन् । कार्यालय स्थापनापछि पहिलो पटक सहकारी संस्था खारेजीमा परेका हुन् ।  
यसैगरी ६ वटा सहकारी एकीकरण भएका छन् । निष्कृय अवस्थामा रहेका  १ सय ५१ वटा सहकारी संस्थालाई खारेजीको प्रक्रिया सुरु भएकोमा अन्यले सक्रियताको प्रमाण पेश गरेको प्रमुख पौडेलले बताउनुभयो । डिभिजन कार्यालयले पहिलोपटक गएको वैशाख २५ गते  निष्कृय अवस्थामा रहेका १ सय ५१ वटा सहकारी संस्थालाई ३५ दिनभित्र सक्रिय रहेको प्रमाणसहित उपस्थित हुन सूचना जारी रहेको थियो । 
दुईवर्षसम्म लेखा परिक्षण नगर्ने, साधारण सभा नगर्ने, संस्थाको मासिक र वार्षिक प्रगति विवरण नबुझाउने निष्कृर्य अवस्थामा रहेका सहकारी खारेज गरिएको सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयले जनाएको छ । गत आर्थिक वर्ष २०७१/७२ सम्म ५४४ सहकारी दर्ता भएकोमा  ६ एकीकरण र  ३० सहकारी खारेज भएपछि बाँकेमा कृषि, बहुउद्देश्यीय बचत तथा ऋण सहकारी र अन्य गरी अब ४११  सहकारी बाँकी रहेका छन् । 

Post a Comment

 
Top