काठमाडौं, साउन १२– प्रमुख चार दलको बैठकले नागरिकता र धर्मबारे नागरिकले दिएका सुझावका आधारमा मस्यौदा परिमार्जन गर्ने निर्णय गरेका छन् । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सुझावका आधारमा नागरिकता र धर्मको व्यवस्थालाई परिमार्जन गर्ने निचोडमा पुगेका हुन् ।
मस्यौदामा कुनै व्यक्तिको जन्म हुँदाका बखत निजको आमा र बाबु नेपाली नागरिक रहेको अवस्थामा मात्र नागरिकता पाउने प्रस्ताव गरिएको छ । चार दलको बैठकले आमा वा बाबुमध्ये एकजना नेपाली नागरिक भए पनि नागरिकता दिने व्यवस्था गर्ने निर्णय गरेको एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
त्यस्तै, चार दलबीच धर्म निरपेक्षा शब्दलाई मस्यौदाबाट हटाउने पनि सहमति भएको छ । तर, निरपेक्षाको ठाउँमा कुन शब्द राख्ने भन्नेबारे कुरा मिलिसकेको छैन । नागरिकले दिएका सुझावलाई संविधानमा समेट्न दलहरुमाथि दबाब पर्दै आएको छ ।
चार दलले १६ बुँदे सहमति तथा संविधानको मस्यौदाप्रति असन्तुष्ट दलहरुसंग भोलि छलफल गर्ने भएका छन् । संविधानसभाभित्रै रहेका संघीय समाजवादी फोरम नेपाल, सद्भावना, तराई मधेस लोकतान्त्रिक पार्टीले जारी प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै संविधासभाको बैठक नै बहिष्कार गर्दै आएका छन् ।

Post a Comment

 
Top