अछाम, साउन १३ – सर्पले टोक्दा अछाममा एक बालकको ज्यान गएको छ । पायल–९ का लालबहादुर बोहराका ४ वर्षका छोरा आशिष बोहराको सर्पको टोकाइबाट ज्यान गएको हो ।
मंगलबार बेलुका सर्पले टोके लगतै उपचारका लागि स्वास्थ्य संस्था लैजाने क्रममा बाटोमै बालकको ज्यान गएको हो । आफ्नै घरको आगनमा खेलीरहेका बेला आशिषलाई सर्पले टोकेको थियो ।

Post a Comment

 
Top