101557563.jpg




घनश्याम पौडेल

सन्धिखर्क अर्घाखाँची । अर्घाखाँची जिल्ला खिल्जी गाविस खानेपानीको दृष्टिवाट अत्यन्त पछाडी परेको गाविस हो। यस गाविस भित्र खानेपानीका मुहानहरु नभएका तथा महाभारत पर्वत श्रृखंला वाट समेत यो गाविस धेरै टाढा भएको कारण खानेपानीको समस्यावाट अत्यन्त्र ग्रसीत छ। 

यसै सन्र्दभमा २०५८ सालमा गुल्मी अर्घाखाँची ग्रामिण खानेपानी विकास परियोजनाको सहयोगमा गाविस वाट २८ कि.मी. दुरीमा रहेको ढिकुरा गाविसको लेकको मुहानवाट खानेपानी सुविधा विस्तार गरी खिल्जीमा खानेपानी सुविधा उपलव्ध भएको थियो तर समय क्रम सँगै गाविसमा भएको जनसंख्याको वृद्धीले सो खानेपानीको मुहानवाट उपलव्ध खानेपानी यहाका जनताहरुमा सहज खानेपनीको आपूर्ती हुन समस्या सृजना हुदै आएको थियो।  विगतमा सञ्चालित खानेपानीको मुहान टाढा रहेको कारण समय समयमा कुनै कारणवश समस्या उत्पन्न आइपरेमा सम्र्पूण खिल्जीवासीहरु केही दिन सम्म नै खानेपानीवाट वञ्चित हुनु पर्ने अवस्था आएको थियो। 

आम खिल्जीवासी सम्र्पूण नागरिकको आवस्यक्तालाई मध्यनजर राख्दै खिल्जी गाविस वार्ड नं. ३ मा रहेको नौलापानी जुन मानव वस्ती भन्दा धेरै तल रहेको खानेपानीको श्रोतलाई सदुपयोग गर्ने उद्येश्यले यो योजना सञ्चालन भएको छ। उक्त खानेपानीको श्रोतवाट खानेपानी लिफ्टि∙ गरी २०५८ सालमा सञ्चालित पुरानो खानेपानीको म्।ऋ। मा नै पानी खसाली सम्पूर्ण खिल्जी गाविसवासी तथा असुरकोट गाविसको वडा नं. ४ लाई समेत समेट्ने गरी नौलापानी रामकोट लिफ्ट खानेपानी कार्य अगाडी वढाउने आम खिल्जीवासीको निर्णय भए लगत्तै २०७१।०८।३ मा ४ जना पुरुष तथा ३ जना महिला सम्मिलित योजना कार्यान्वयन गर्न ७ सदस्य उपभोक्ता समिति गठन गरीएको थियो ।

समिति गठन लगत्तै सम्पूर्ण खिल्जीवासी आम नागरिकहरुले घडेरी खन्ने, मोटरवाटोवाट वालुवा, छड, सिमेण्ट, ढुङ्गा, गिट्टी योजना स्थल सम्म पु-याउन करिव रु १,५०,००० वरावरको जनश्रमदान गरेका थिए। यो योजना सम्पन्न गर्नको लागि गाविस परिवारवाट रु ७,२०,००० तथा जिविस अर्घाखाँचीवाट रु १०,५०,००० आर्थिक सहयोग प्रदान गरिएको थियो। यो योजना हाल निर्माणाधिन अवस्थामा रहेको छ । यो योजनामा आम खिल्जीवासी नागरिकको अपनत्वमा सम्पन्न गर्न लागिएकाले सम्पूर्ण खिल्जीवासी यो योजनाको सम्पन्नता पश्चात वितरण हुने खानेपनीको व्यग्रताका साथ पखाईमा रहेका छन्। यस योजनाको समाप्ती सँगै खिल्जी गाविसका ८५० घरधुरी मध्ये ७५० घरधुरी तथा असुरकोट गाविस वडा नं ४ का करिव १०० घरधुरी लाभान्वित हुने देखिन्छ। जसमा २०० घरधुरी दलित, २५० घरधुरी जनजाती तथा ४०० घरधुरी व्राह्मण क्षेत्री लाभान्वित हुने भएका छन्। यो योजना निर्माण समितिका अनुसार २०७२ मंसीर मसान्त सम्ममा पूर्ण गर्ने लक्ष्य लिएको छ । 

गाविसमा रहेको खानेपानी सम्वन्धि विकराल समस्यालाई यो योजनाको समाप्ती सँगै दिगो रुपमा समाधान हुनेमा आशावादी भएको तथा आम गाविसवासी सवैको प्रत्यक्ष सहभागीतामा योजना कार्यान्वयन भएकोले योजना पारदर्शी र गुणस्तस्तरिय हुने विश्वास लिएको लिफ्ट खानेपानी योजनाका अध्यक्ष लोकमणि वेल्वासे वताए । यसैगरी योजना सम्पन्न गर्नको लागि आर्थिक र प्राविधिक सहयोग गर्ने जिविस अर्घाखाँची तथा गाविस परिवारलाई धन्यवाद दिनुको साथै योजना कार्यान्वयनमा सक्रियता पूर्वक साथ दिने सवै खिल्जीवासी प्रती कृतज्ञ भएको वताए। योजनाको लागि आवस्यक  सामग्री इष्टिेमेट अनुसार नै खरिद प्रकृया अवलम्वन गर्दै आय व्ययको विवरण समय समयमा सरोकारवालहरु वीचमा सार्वजनिक गरेकाले तथा निर्माण समिति लगायत आम खिल्जीवासी सवैको सक्रियतामा योजनाको कार्य भईरहेकोले आम नागरिकको यस योजना प्रती अपनत्व रहेको कारण यो योजनाको समाप्ती सँगै खानेपानीको समस्या समाधानमा ठुलो सहयोग पुग्ने उपभोक्ता समितिका कोषाध्यक्ष रोम वहादु वस्नेतले वताए। खिल्जी गाविसकको मुख्य आवस्यक्ता नै खानेपानी भएकोले यस योजनाको सम्पन्नता सँगै खिल्जी गाविसको खानेपानीको समस्या पूर्ण रुपमा हल हुने, गाविसले विकासको क्षेत्रमा  एक कदम अगाडी फड्का मार्नुको साथ साथै आम खिल्जीवासी जनताले सहज खानेपानीको आपूर्ती प्राप्त गर्ने विश्वास लिएको लाभग्राही खिमानन्द वेल्वासेले वताए । 

संघिय मामिला तथा स्थानिय विकास मन्त्रालय, स्थानिय शाशन तथा उत्तरदायी संयन्त्रको सचिवालय ललितपुरको सहयोगमा लुम्विनि सामाजिक विकास केन्द्रद्धारा सहजीकरण गरिएको स्थानिय निकायको नीतिगत पालना व्यावस्था अनुगमन अन्र्तगत खिल्जी गाविसमा गरिएको भौतिक पूर्वाधार अन्र्तगतका योजनाको अनुगमन सहजीकरणमा गाविसमा उल्लेखनिय कार्य भएको कार्यक्रमका कार्यक्रम संयोजक सुरज शारुले वताए। गाविसमा प्रत्येक वर्ष  विभिन्न शिर्षकमा वजेट विनियोजन हुने गरेता पनि दिर्घकालिन रुपमा आम सेवाग्राहीहरुले प्रत्यक्ष रुपमा लाभ प्राप्त हुने गरी यो योजना प्रभावकारी तथा पारदर्शी तरिकाले कार्यान्वयन भएको उक्त गाविसका गाविस सचिव मदन वेल्वासेले वताए ।

Post a Comment

 
Top