काठमाडौं, साउन १३ – एकीकृत नेकपा माओवादीका नेता एवं संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले मस्यौदा समितिले सहमति विपरीत संविधानको मस्यौदा तयार पारेको आरोप लगाउनुभएको छ । बुधबार नेपाल पत्रकार महासंघको ज्ञापनपत्र बुझ्दै उहाँले संवाद समिति र संविधानसभाले दिएको निर्देशन विपरीत मस्यौदा आएको आरोप लगाउनुभएको हो । 
‘कम्प्युटरले मस्यौदा लेखेजस्तो भएको छ’ उहाँले भन्नुभयो, ‘यसले आफ्नै मृत्युपत्रमा हस्ताक्षर गरेजस्तो आशंका पैदा भएको छ ।’ भट्टराईले विषयवस्तुलाई रातारात तोडमोड गरिनु आपत्तिजनक भएको बताउनुभयो । प्रेस स्वतन्त्रता, दलित लगायत पछाडि पारिएका वर्गको अधिकार कटौती गर्नेगरी मस्यौदा समितिले प्रतिवेदन तयार पारेको आरोप लगाउनुभयो ।

Post a Comment

 
Top