रुकुम,  साउन ६  -  लुटपाट तथा कर्तव्य ज्यानको मुद्दामा प्रहरीको खोजीमा रहेका आकार भनिने अन्दाजी ३५ बर्षका बलमान रोकालाई प्रहरीले पक्राउ गरेको छ । रुकुमको हुकाम ९ का आकारलाई गाउँमै लुकेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमका डिएसपी गोविन्द थपलियाले जानकारी दिनुभयो ।
रोकाको साथबाट नाइन एम एमको चाइनिज पेस्तोल, त्यसको पाँचवटा गोली र नगद २५ हजार पनि बरामद गरिएको डिएसपी थपलियाले जानकारी दिनु भयो । गएको बर्ष रुकुमको रन्मामैकोटको बुकी क्षेत्रमा यार्सा संकलनको क्रममा हर्के तामाङको हत्या तथा लुटपाटका साथै अन्य हिंसात्मक गतिविधीमा पनि उनको संलग्नता रहेको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार पूर्व माओवादी लडाकु समेत रहेका आकारको समूहले रुकुमको पूर्वी भेगमा आतंक मञ्चाउँदै आएको थियो । गएको बर्ष त्यही समूहका  विकल्प भनिने संगम रोकालाई प्रहरीले पक्राउ गरेपछि यसवर्ष यार्सा संकलन क्षेत्रमा कुनै पनि लुटपाटका घटना नभएको प्रहरीको भनाई रहेको छ ।

Post a Comment

 
Top