काठमाडौं, साउन ९ – काठमाडौंको जोरपाटीमा
रहेको जया देवकोटा क्याम्पसका शिक्षकले भूकम्प प्रभावित बालबालिकालाई
शैक्षिक सामग्री वितरण गरेका छन् । क्याम्पसका संयोजक सुमन खनालको अगुवाइमा
रामेछाप र काठमाडौंका विभिन्न विद्यालयका भूकम्प प्रभावित बालबालिकालाई
शैक्षिक सामग्री वितरण गरिएको हो ।
रामेछापको मन्थली–११ को खाँडदेवी प्राथमिक
विद्यालय, रामेछाप–३ को बाल कल्याण प्राथमिक विद्यालय र रामेछाप–४ को
विद्यालयमा पुगेर शैक्षिक सामग्री वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

Post a Comment