डोटी, साउन ११ – चिसोका कारण यार्सा संकलन गर्न गएका बझाङका एक युवक सोमबार मृत्त अवस्थामा फेला परेका छन् । सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायलका अनुसार जिल्लाको विकट काडाँ–३ धलौनका २७ वर्षका छोरा दिर्कबहादुर बोहरा यार्सा संकलनका क्रममा राईढुंगी हिमालमा मृत्त अवस्थामा फेला परेका हुन् ।
यार्सा संकलन गर्न एक महिना अघि हिमाल गएका बोहरा आफू बस्ने गरेको पाल भन्दा झण्डै एक घण्टाको दुरीमा मृत्त अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
घटनाबारे जानकारी प्राप्त भएपछि सीमा प्रहरी चौकी धुलीका ईन्चार्ज प्रहरी नायब निरीक्षक धर्मानन्द जोसीको नेतृत्वमा प्रहरी टोली घटनास्थल गएको र आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक लक्ष्मी अधिकारीले बताउनुभयो ।

Post a Comment

 
Top