पथरी मोरङ । छोरी जन्माएको निहुमा मोरङको दर्वेशा– ३ की २३ वर्षीया यामकुमारी कार्की ९गोमा० ले मानसिक र शारीरिक यातना दिएका कारण घर छोड्नु परेको छ ।

छोरी जन्मिएपछि पति लीलबहादुर बराल, देवर हुकुम बराल र नन्द आमाजुहरूले परपुरुषको गर्भ बोकी छोरी जन्माएको आरोप लगाएपछि घरेलु हिंसा सहन नसकी यामकुमारी घर छाड्न बाध्य भएकी हुन ।
लीलबहादुर विदेश गएको आठ महिनापछि शल्यक्रियाबाट छोरी जन्मिएको थियो । छोरी जन्मनुभन्दा २÷३ महिनाअघिसम्म लीलबहादुरले बारम्बार फोन गरी नियमित स्वास्थ्य परीक्षण गर्न सुझाव दिएको यामकुमारी सुनाउछिन् ।  तर छोरी जन्मिएपछि अनेक जालझेल गरेर यामकुमारी घरबाट निकाला भएकी छन् ।
यामकुमारीले अंश भराइदिनु भनेपछि एक बिगाहा दुई कट्ठा जग्गा भएका लीलबहादुरले आफ्नो सबै सम्पत्ति माइली दिदी कृष्णमाया अधिकारीको नाममा बकस पास गरिदिएका छन् ।
अहिले पनि फोन गरेर ज्यान मार्ने धम्की आउने र ‘अश्लील शब्द बोलेर गालीगलौज गर्ने गरेको पीडित यामकुमारीले बताइन । लीलबहादुर पुनः वैदेशिक रोजगारका लागि दुवई गएका छन् । 
- See more at: http://www.khabardabali.com

Post a Comment

 
Top